गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

हाम्रो बारेमा


यस मनाङ जिल्लामा वि. सं. २०२९ सालमा पहिलो आयुर्वेद संस्थाको रुपमा साविकको धारापानी गाविसको बगरछापमा  बगरछाप आयुर्वेद औषधालय स्थापना भएको थियो। वि. सं. २०५७ सालमाा जिल्लाको सदरमुकाममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नामबाट सेवा संचालन गर्ने निर्णय भए बमोजिम साबिकको स्थानमा औषधालयको रुपमा संचालन गर्ने गरी चामे, मनाङ स्थानान्तरण भएको थियो। त्यसपछि यस कार्यालयबाट निरन्तर आयुर्वेद सेवा प्रवाह हुँदै आइरहेको छ। संघीयता लागु भएपछि यस कार्यालय गण्डकी प्रदेश सरकार अन्तर्गत संचालित रहेको छ।