नागरिक आरोग्य सेवा केन्द्रहरु
आयुर्वेद सेवामा पहुँच नभएका जिल्लाका स्थानीय तहहरुमा आयुर्वेद सेवा पुर्याउने उद्देश्यले आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागद्वारा नागरिक आरोग्य सेवा केन्द्र स्थापना एवं संचालन गरी आयुर्वेद चिकित्सा सेवा दिने संस्था नभएका पालिकाहरुमा आयुर्वेद सेवा सर्व साधारणको पहुँचमा पुर्याइएको हो। सो का लागि आयुर्वेद संस्था नभएका मनाङ जिल्लाका मनाङ ङिस्याङ गा. पा. को वडा नं १ पिसाङ र नार्पा भूमि गा. पा. को वडा नं ३ च्याखुमा २०७७ साल चैत्रमा नागरिक आरोग्य सेवा केन्द्रहरुको स्थापना भएको हो। सो केन्द्रहरुले नियमित रुपमा घरभेट गरी आयुर्वेद सेवा तथा स्वस्थ रहन अपनाउनु पर्ने स्वस्थ जिवनशैली, भान्सा सुधार आरोग्यको आधार, पुर्वकर्म पञ्चकर्म, निःशुल्क औषधि वितरण, आदि सेवा तथा कार्यक्रम संचालनमा रहेको छ।
