गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम शुभारम्भ



मिति २०८१ फागुन १३ गते देखि यस प्रदेश आयुर्वेद चिकित्सालयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको घोषणा अनुसार निःशुल्क रुपमा नसर्ने रोगहरुको स्क्रिनिङ अन्तर्गत ३० वर्ष भन्दा माथिका सेवाग्राहीहरुको ब्लड ग्लुकोज, तोल, उचाई, ब्लड प्रेसर र BMI मापन कार्य शुरु गरिसकिएको छ । पहिलो दिन २० जनाको परिक्षण गरिएको थियो । यो कार्यक्रम फागुन महिनाभर संचालन गरिने छ।

Download: नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम शुभारम्भ