गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठक ज्यूबाट यस प्रदेश आयुर्वेद चिकित्सालयको मिति २०८२ बैशाख ३१ मा अवलोकन निरीक्षण गर्नुभयो।
मनाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनुभएका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठक ज्यू बाट मिति २०८२ बैशाख ३१ गते यस प्रदेश आयुर्वेद चिकित्सालय चामे मनाङको अनुगमन निरिक्षण गरी महत्वपूर्ण पृष्ठपोषण एवं आवश्यक निर्देशन दिनुभयो। सो अवसरमा कार्यालय प्रमुख डा. कुमार कासुलाले कार्यालयले गरेका कार्यहरुबारे ब्रिफिङ गर्नुका साथै कार्यालयले प्रकाशन गरेको आयुर्वेद सेवा सम्बन्धी सन्देश सहितको डायरी माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, स्वकिय सचिव, निजी सचिवालयका कर्मचारीहरु साथै प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख, प्रदेश अस्पताल मनाङका मे. सु. समेतलाई हस्तान्तरण गर्नुभयो।
.jpeg)
