गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम



यस प्रदेश आयुर्वेद चिकित्सालयको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम यस मनाङ जिल्लाका प्रमुख जिल्ला अिधिकारी श्री मातृका आचार्य ज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन १३ गते मंगलबार यस कार्यालयको योग हलमा सम्पन्न गरियो। सो कार्यक्रमको अध्यक्षता यस प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख आयुर्वेद चिकित्सक डा. कुमार कासुलाले गर्नुभएको थियो भने चामेस्थित सरकारी कार्यलयका कार्यालय प्रमुखहरुको साथै चामे गा. पा. का स्वास्थ्य संयोजक श्री दिल गुरुङ ज्यू र मनाङ ङिस्याङ गा. पा.का स्वास्थ्य संयोजक श्री श्रीनारायण यादव ज्यू को समेत उपस्थिति रहेको थियो। कार्यक्रम संचालन यस चिकित्सायका वैद्य श्री रिंकु कुमारी ले गर्नु भएको थियो।

 

त्यस कार्यक्रममा बगरछाप आयुर्वेद औषधालय,दानाक्यू , नािसोँ गा. पा. का प्रमुख श्री संजिप चौधरीले आफ्नाो प्रस्तुति प्रस्तुत  गर्नुभएको थियो भने यस मनाङ जिल्लामा संचालित नागरिक आरोग्य सेवा केन्द्रहरु नागरिक आरोग्य सेवा केन्द्र, पिसाङ, मनाङ ङिस्याङ गा. पा. का श्री संजय मण्डल र नागरिक आरोग्य सेवा केन्द्र, च्याखु, नार्पा भूमि गा. पा. का श्री नविन सिं कोट्टारिले आ -आफ्नो केन्द्रको प्रगतिको प्रस्तुति  प्रस्तुति प्रस्तुत  गर्नुभएका थिए साथै प्रदेश आयुर्वेद िचिकित्सालयको प्रस्तुति आयुर्वेद चिकित्सक डा. कुमार कासुलाले गर्नु भएको थियो। 

    

    

 

Download: अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम