गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम मिति २०८२ असार ०९ र १० गते सम्पन्न गरियो।



यस कार्यालय बार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८२ असार ०९ र १० गते गरी २ दिने कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरीयो । सो कार्मक्रमको उद्घाटन सत्रको अभ्यक्षता कार्यालय प्रमुख डा. कुमार कासुला ले गर्नु भएको थियो भने अतिथिको रुपमा प्रदेश अस्पताल मनाङका निमित्त मे. सु .डा. दिवाकर कोइराला र प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख श्री रविना कुमारी ठगुन्ना रहनुभएको थियो। तालिम कार्यक्रममा बेसिक लाक्षफ सपोर्ट(BLS) सम्बन्धी कक्षा डा. कुमार कासुला ले संचलन एवं CPR को अभ्यास कुसनमा गराइएको थियो। त्यसै गरी Infection Prevention and Control  सम्बन्धी कक्षा डा. संजिब बास्कोता ले लिनुभयो साथै विहानमा योग अभ्यास एवं एक मोड्यूलमा रहेर योग अभ्यास गर्ने गराउने  भनि कक्षा संचाालन गरिएको थियो। सोही कार्यक्रममा तथ्याङ्क प्रविष्टी कसरी नियमित र सही तरिकाले गर्ने भन्ने सम्बन्धमा पनि कक्षा संचालन भएको थियो। पुर्वकर्महरुमा स्नेहन स्वेदन शिरोधारा आदिको बारेमा पनि कक्षा संचालन एवं अभ्यास डा. कुमार कासुला ले गराउनु  भएको थियो। कार्यक्रमको समापन डा. कुमार कासुला कार्यालय प्रमुखले गर्नु भएको थियो।

     

 

      

Download: कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम मिति २०८२ असार ०९ र १० गते सम्पन्न गरियो।