गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

चिकित्सालयको न्यूनतम सेवा मापदण्ड अनुसारको तेस्रो लेखाजोखा मिति २०८१ फागुन २२ र २३ गते सम्पन्न।



यस प्रदेश आयुर्वेद चिकित्सालय चामे मनाङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी श्री मातृका आचार्य ज्यूको  प्रमुख आतिथ्यतामा  आयुर्वेद संस्था  सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रम मिति २०८१ फागुन २२ र २३ गते सम्पन्न भएको  छ । चिकित्सालयको तेस्रो लेखाजोखा कार्यक्रममा मुख्य श्रोत व्यक्तिको रूपमा गण्डकी आयुर्वेद अस्पताल, पोखराका प्रमुख डा. शंकर गौतम, प्रदेश आयुर्वेद चिकित्सालय, लमजुङका प्रमुख डा. उत्सव पौडेल, प्रदेश आयुर्वेद चिकित्सालय  तनहुँका  प्रमुख डा. नारायण श्रेष्ठ ज्यूले स्वास्थ्य मन्त्रालयको प्रतितिधित्व गर्नु भएको थियो। यस लेखाजोखामा २९% प्राप्त भएको छ । 


प्रदेश आयुर्वेद चिकित्सालय चामे मनाङका प्रमुख डा. कुमार कासुलाको अध्यक्षतामा संचालित प्रस्तुतीकरण कार्यक्रममा MSS टिमको तर्फबाट गण्डकी आयुर्वेद अस्पताल, पोखराका प्रमुख डा. शंकर गौतमले प्रस्तुतीकरण  राख्नु भएको थियो भने अस्पतालका समग्र सुधार गर्नुपर्ने पक्ष तथा आगामी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो ।

     

 

    

 

     

 

    

 

    

Download: चिकित्सालयको न्यूनतम सेवा मापदण्ड अनुसारको तेस्रो लेखाजोखा मिति २०८१ फागुन २२ र २३ गते सम्पन्न।